संघीय संसद्को चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य



काठमाडौँ,असोज १५ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्नुभएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले बिहीबार जारी गर्नुभएको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम शुक्रबार राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो।

मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले संघीय संसद्को अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्