पोखरामा स्कुल बस दुर्घटना हुँदा १८ बालबालिका घाइते
पोखरा,असोज २३ । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् ।
कालिका इङ्लिस स्कुलको बस दुर्घटनामा घाइते भएका बालबालिकालाई उद्धार गरी विभिन्न अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

