पोखरामा स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, १८ जना घाइते
पोखरा,असोज २३ । पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिका बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आउँदै गरेको बस कालिकानजिकै ओख्लेको भिरबाट खसेर दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकामध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। बसमा २० जनाभन्दा बढी विद्यार्थी सवार रहेको स्थानीय जनप्रतिनिधि सुदीप ढुङ्गानाले जानकारी दिनुभयो।
दुर्घटनामा घाइते भएका १५ जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

