लिखु गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता सुरु



नुवाकोट,असोज २५ । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडामा लिखु गाउँपालिकास्तरीय वडा कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ। गड्खार जनजागरण युवा क्लबको आयोजनामा विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले गर्नुभएको हो। असोज ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

आइतबार भएको खेलमा गड्खार जनजागरण युवा क्लब ‘बी’ लाई १–० गोलले पराजित गर्दै चण्डीभूमि युवा क्लबले जित हासिल गरेको छ।

प्रतियोगितामा लिखु गाउँपालिका–२, ३ र ४ का खेलाडी तथा समूह सहभागी छन्। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र खेलकुदको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजक गड्खार जनजागरण युवा क्लव अध्यक्ष सन्तोष राईले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्