आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना



काठमाडौँ,असोज २६ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा आज सोमबार हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

नेपाल मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।

भोलि मङ्गलबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। भोलि हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।

प्रतिक्रिया दिनुहोस्