बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान



काठमाडौं,असोज २६ । गृहमन्त्री सुधन गुरुङ बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार भारत प्रस्थान गर्नुभएको छ ।

गृहमन्त्री गुरुङ सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि प्रस्थान गर्नुभएको हो ।

मंगलबार नयाँदिल्लीमा आयोजना हुने बैठकमा बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य, सुरक्षा र आपसी समन्वयका विषयमा छलफल हुने कार्यक्रम छ ।

बैठकमा गृहमन्त्री गुरुङले नेपालको प्रतिनिधित्व गर्दै क्षेत्रीय सुरक्षा तथा सदस्य राष्ट्रहरूबीचको सहकार्यका विषयमा हुने छलफलमा सहभागिता जनाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्