लुम्बिनी र सुदूरपश्चिमको तराईमा आज वर्षाको सम्भावना



काठमाडौं,असोज २९ । देशका विभिन्न प्रदेशमा आज बिहीबार मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिमको तराईमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा र कोशी तथा बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, शुक्रबार देशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने, पहाडी भूभागमा आंशिक बादल रहने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

शुक्रबार हिमाली भूभागका थोरै स्थानमा, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा अन्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्