बाढी प्रभावित परिवारका लागि रेडक्रसले बनाउने भयो एक हजार अस्थायी आवास र एक हजार स्थायी घर



नुवाकोट,असोज २९ । रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि नेपाल रेडक्रस सोसाइटीले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको हो।

बाढीका कारण घर गुमाएका झन्डै पाँच हजार नागरिकलाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।

उहाँका अनुसार दशैँलगत्तै आवास निर्माणसम्बन्धी कार्ययोजना तयार गरिनेछ। सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माणको प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस्