नुवाकोट पञ्चकन्याका गौरव सिटौला जुनियर सिङ्गिङ आइडल सिजन–२ को प्रतिस्पर्धामा



नुवाकोट,असोज ३० । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर -५ भद्रुटारका गौरव सिटौला ‘जुनियर सिङ्गिङ आइडल सिजन–२’ को प्रतिस्पर्धामा रहेका छन्। गायन प्रतिभा प्रस्तुत गर्दै आएका गौरवले प्रतियोगिताको मेगा अडिसनमा समेत आफ्नो प्रस्तुति दिइरहेका छन्।

सानै उमेरमा गायन क्षेत्रमा आफ्नो प्रतिभा देखाउँदै अघि बढिरहेका गौरवलाई प्रतियोगितामा सफल बनाउन परिवारले सबैसँग साथ, सहयोग र हौसलाका लागि आग्रह गरेको छ।

गौरवलाई समर्थन गर्न ‘जुनियर सिङ्गिङ आइडल’ को समूह २ मा गएर जि२२५ (G225) : गौरव सिटौला का नाममा भोट गर्न सकिने जनाइएको छ। ईसेवाको ‘भोटिङ एन्ड इभेन्ट्स’ मा गएर भोट गर्न तथा उनको प्रस्तुति धेरैभन्दा धेरै व्यक्तिसम्म पुर्‍याउन परिवारले आग्रह गरेको छ।

गौरवको प्रतिभालाई प्रोत्साहन गर्न भोट, भिडियो सेयर र शुभकामनाले सहयोग पुग्ने विश्वास परिवारले व्यक्त गरेको गौरवका बुबा निरन्जन सिटौलाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्