नुवाकोटमा विभिन्न कार्यक्रम गरी ७१औँ प्रहरी दिवस मनाइयो
नुवाकोट,असोज ३०। जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा ७१औँ प्रहरी दिवस २०८३ विभिन्न कार्यक्रम गरी मनाइएको छ।
‘कानुन र न्याय नै हुन्छ सबैभन्दा माथि, शान्ति सुरक्षा कायम गर्न प्रहरी नै हो सबैको साथी’ भन्ने मूल नाराका साथ प्रहरी दिवस मनाइएको हो।
कार्यक्रममा जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न तथा कानुन कार्यान्वयनमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिकाको चर्चा गरिएको थियो।
सो अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारी, पूर्वप्रहरी तथा उनीहरूका परिवारका सदस्यलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

