गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारमा भित्र्याइयो



काठमाडौं,असोज ३१ । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ।

परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखा दरबारबाट पठाइएको फूलपातीसहितको डोली बोकेर हनुमानढोका दरबार परिसरमा ल्याइएको थियो।

गोरखा दरबारमा शनिबार बिहान ९ बजे पूजाअर्चना गरेपछि फूलपातीसहितको डोली काठमाडौंका लागि पठाइएको थियो। बडादसैँको सप्तमीका दिन गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने परम्परा रहिआएको छ।

प्रतिक्रिया दिनुहोस्