एकैदिन ३३६ सवारीसाधन कारबाहीमा



काठमाडौँ,कात्तिक ७ — काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने १०२, तीव्र गतिमा चलाउने ५७, सिसी क्यामराको निगरानीबाट ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालक कारबाहीमा परेका छन्।

त्यस्तै, हर्न निषेधको नियम उल्लङ्घन गर्ने आठ, लेन अनुशासन पालना नगर्ने तीन, सवारीसाधनको अवस्था ठीक नभएका दुई तथा अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी नियम उल्लङ्घन गरी सवारी चलाउने चालकलाई लक्षित गर्दै निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्