पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध



काभ्रे,कात्तिक १४ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार रोशी गाउँपालिका–८ गिम्दीबेँसीमा समेत पहिरो खसेको छ । दुई स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको हो ।

निरन्तर वर्षा भइरहेकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न सहज नहुने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिनुभयो ।

उहाँले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्