रसुवाको क्याङजिनमा बिहानैदेखि हिमपात



रसुवा,कात्तिक १४ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले रसुवाको प्रसिद्ध पर्यटकीय स्थल क्याङजिनमा बिहानैदेखि हिमपात भइरहेको छ ।

हिमपातसँगै क्याङजिनको वातावरण चिसिएको छ भने हिउँले ढाकिएका हिमाली दृश्यले क्षेत्रलाई थप मनमोहक र आकर्षक बनाएको छ ।

हिमपातपछि त्यहाँको प्राकृतिक सौन्दर्य झनै खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्