जिलिङका तीन सय विद्यार्थीलाई स्टेशनरी तथा स्वास्थ्य सामग्रीसहितको झोला वितरण
नुवाकोट,कात्तिक १७ । विद्यार्थीहरूलाई स्वास्थ्यप्रति जागरुक गराउने उद्देश्यले नुवाकोटको बेलकोटगढी नगरपालिका–८, जिलिङस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा स्वास्थ्य सामग्रीसहितको झोला वितरण गरिएको छ ।
कल्याणीदेवी माध्यमिक विद्यालयमा अध्ययनरत तीन सय जना विद्यार्थीलाई स्टेशनरी तथा स्वास्थ्य सामग्री प्रदान गरिएको विद्यालयले जनाएको छ । सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।
विद्यार्थीहरूका साथै विद्यालयका शिक्षक तथा शिक्षिकाहरूलाई समेत स्टेशनरी र स्वास्थ्य सामग्री उपलब्ध गराइएको विद्यालयले जनाएको छ ।

