गगन थापा र केपी ओलीबीच भेटवार्ता, मधेस प्रदेश सरकारबारे छलफल



काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

थापानिकट स्रोतका अनुसार उनीहरूबीच मंगलबार राति करिब एक घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा मधेस प्रदेश सरकारका विषयमा छलफल भएको बताइएको छ ।

मधेस प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार रहेको छ । प्रदेश सरकारसँग सम्बन्धित राजनीतिक विषयमा दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ ।

एमाले नेता महेश बस्नेतले पनि थापा र ओलीबीच भेट भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार अध्यक्ष ओली नेता, शिक्षक तथा कर्मचारीहरूसँग निरन्तर छलफलमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्