बाढीपीडितलाई राहत वितरण गर्न रसुवा पुगिन् हिमानी शाह



रसुवा,कात्तिक २० । पूर्वयुवराज्ञी हिमानी शाह तथा हिमानी ट्रस्ट परिवारले भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित उत्तरगया गाउँपालिकाका नागरिकलाई राहत सामग्री वितरण गरेका छन् ।

बाढीका कारण घरबारविहीन भई कठिन परिस्थितिमा जीवनयापन गरिरहेका पीडित परिवारलाई प्रत्यक्ष भेटेर पूर्वयुवराज्ञी शाहले समवेदना तथा सहानुभूति प्रकट गर्दै आवश्यक राहत सामग्री उपलब्ध गराउनुभएको हो ।

विपत्तिमा परेका नागरिकलाई प्रत्यक्ष भेटेर सहयोग गरेको भन्दै स्थानीयले हिमानी शाह तथा हिमानी ट्रस्टप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रियता, राजसंस्था तथा हिन्दु धर्म–संस्कृतिप्रति आस्था राख्ने स्थानीयले गाउँपालिकामा उहाँहरूको उपस्थिति र मानवीय सेवाभावले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।

विपत्तिको कठिन समयमा पीडित नागरिकलाई सहयोग गर्नु मानवीय सेवाको महत्वपूर्ण उदाहरण भएको उल्लेख गर्दै स्थानीयले हिमानी ट्रस्टले आगामी दिनमा पनि सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्