पोखरामा बोलेरोको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु



पोखरा,कात्तिक २७ । कास्कीको पोखरामा रोकिराखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–५ जिरो नजिक शुक्रबार दिउँसो २ः५० बजे लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको हो ।

दुर्घटनामा स्कुटरमा सवार अन्दाजी २५ र २२ वर्षीय दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनाको नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

प्रहरीले दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्