रास्वपाको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने



काठमाडौं,कात्तिक २८ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जान लागेको हो।

चीन भ्रमणमा जानुअघि प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरिरहेको छ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले गर्ने भेटघाट, छलफल तथा भ्रमणको कार्यसूचीबारे भने थप विवरण सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्