नुवाकोटमा हराएका पाँच वर्षीय बालक मृत भेटिए



नुवाकोट,कात्तिक २९ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, बेसिकठेरी राइटोलका हराइरहेका पाँच वर्षीय बालक तादी खोलामा मृत अवस्थामा फेला परेका छन्।

स्थानीय रामराजा राई र सरला राईका छोरा सज्जन राई गत कात्तिक २७ गते बेलुकी करिब ४ बजेदेखि हराइरहेका थिए।

हराइरहेका बालकको खोजी गर्ने क्रममा शनिबार साँझ करिब ४ बजे तादी खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

बालकको दुःखद निधनले परिवार, आफन्त तथा स्थानीयवासी शोकमा डुबेका छन्। घटनाले गाउँमा शोकको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्