राष्ट्रपति पौडेलद्वारा गौरीघाटमा छठी माताको पूजा आराधना



काठमाडौं,कात्तिक २९ । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन्।

राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अगाडि बागमती नदी किनारको गौरीघाट छठ पूजास्थलमा पुगेर छठी माताको पूजाअर्चना गरेका हुन्। सो अवसरमा उनले अस्ताउँदो सूर्यलाई अर्घदानसमेत गरेका थिए।

राष्ट्रपति पौडेल गौरीघाटस्थित छठ पूजास्थलमा पुग्दा सांसद विष्णुदेवी पुडासैनी र पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्