नुवाकोटको छहरे–भट्टथोक सडक कालोपत्रे गर्न शिलान्यास, दुई करोड बजेट विनियोजन



नुवाकोट,मंसिर ४ । नुवाकोटको लिखु गाउँपालिका–६ स्थित छहरे बजार हुँदै भट्टथोक जाने सडक कालोपत्रे गर्न शिलान्यास गरिएको छ।

शुक्रबार एक कार्यक्रमबीच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले सडक कालोपत्रे कार्यको शिलान्यास गर्नुभएको हो। दुई करोड रुपैयाँ बजेटमा निर्माण सुरु भएको उक्त सडक कालोपत्रेको ठेक्का घलान निर्माण सेवा एवम् सप्लायर्सले पाएको छ।

निर्माण सेवाका अनुसार छहरे बजारदेखि माथिल्लो भट्टथोकतर्फ पन्थ मोडसम्म १ हजार ११० मिटर सडक कालोपत्रे गरिनेछ भने विभिन्न स्थानमा ढलानसमेत गरिनेछ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, वडा नं. ६ का अध्यक्ष सुमन भण्डारीलगायत स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले अब गाउँपालिकाका हरेक गाउँमा पक्की तथा कालोपत्रे सडकको आवश्यकता रहेको बताउँदै सडक पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताउनुभयो। यस सडक हुँदै ककनी जोड्ने छोटो मार्गको रुपमा चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस्