चितवनमा ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ



चितवन,मंसिर ५ । प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, ग्राम चरबाजेका २४ वर्षीय सत्यम कुमार र बाबन घाटका २० वर्षीय रोहन कुमार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभुसन यादवका अनुसार शुक्रबार राप्ती नगरपालिका–१ लोथरबाट उनीहरू पक्राउ परेका हुन् ।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल ०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा चालक सिटपछाडि क्याबिनमा गोप्य ठाउँ (फल्स बटम) बनाई लुकाएर राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले गाँजासहित कन्टेनर, चालक सत्यम कुमार र सहचालक रोहन कुमारलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्