नुवाकोटमा उज्यालो नेपाल पार्टीको संगठन विस्तार तिव्र, कुलमान घिसिङद्वारा जिल्लाकै पहिलो पार्टी कार्यालय उद्घाटन



नुवाकोट,मंसिर ५ । उज्यालो नेपाल पार्टीले नुवाकोटमा संगठन विस्तारलाई तिव्रता दिलाएको छ । पार्टीले जिल्लामै पहिलो पटक शिवपुरी गाउँपालिका–३ स्थित कर्जुङ चोकमा पार्टी कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो।

शुक्रबार आयोजित समारोहमा पूर्वमन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कार्यालयको उद्घाटन गर्नुभएको हो। जिल्लामै पहिलो पार्टी कार्यालय स्थापना भएसँगै नुवाकोटमा पार्टीको संगठन विस्तार र राजनीतिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ।

कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सचिव नरबहादुर कार्की, केन्द्रीय सदस्यहरू रामकृष्णराज भण्डारी र देवकी पौडेल, बागमती प्रदेश अध्यक्ष प्रविन बल, प्रदेश कमिटीका सचिव एवं स्कुल विभाग प्रमुख श्यामराज पाठक तथा नुवाकोट जिल्ला अध्यक्ष भाग्यश्री लामाको उपस्थिति रहेको थियो।

शिवपुरी गाउँपालिकाका पार्टी सभापति शेरबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका पार्टी सदस्य, समर्थक तथा शुभचिन्तकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा पार्टीका जिल्ला तथा केन्द्रस्तरका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्