नुवाकोटका विभिन्न स्थानमा शनिबार चार घण्टा विद्युत सेवा बन्द हुने



नुवाकोट,मंसिर ५ । नुवाकोटमा विद्युत लाइन मर्मत तथा रुखका हाँगा काट्ने (बुस कटिङ) कार्य गर्नुपर्ने भएकाले शनिबार विभिन्न स्थानमा चार घण्टा विद्युत सेवा बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पाँच नम्बर फिडरअन्तर्गतका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ।

विद्युत सेवा बन्द हुने स्थानमा विदुर नगरपालिका–९ का कोलोनी, जुगेटार, बिजुरा र आगुटार तथा विदुर नगरपालिका–८ का केउरेनी, माझीगाउँ, राईसिङ, हात्तीगौंडा, बगुवा, सुनाखेती, भैरमकोट र भ्याकुते रहेका छन्।

प्राधिकरणले निर्धारित समयअगावै मर्मत तथा बुस कटिङको काम सम्पन्न भएमा विद्युत सेवा नियमित गरिने जनाएको छ। विद्युत सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

प्रतिक्रिया दिनुहोस्