एनपिएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्ने



काठमाडौँ,मंसिर ५ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन् ।

यी दुई टोलीबीचको फाइनल प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५ः०० बजेदेखि सुरु हुनेछ । लुम्बिनी लगातार दोस्रोपटक उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो । उसले गत संस्करणमा सुदूरपश्चिमलाई हराएर उपाधि जितेको थियो ।

सुदूरपश्चिम पहिलोपटक उपाधि जित्ने योजनामा छ । उसले पहिलो संस्करणमा जनकपुर बोल्ट्स र गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजय व्यहोरेको थियो ।

हालसम्म एनपिएलमा लुम्बिनी र सुदूरपश्चिमबीच पाँच खेलमा भेट भएको छ । जसमा लुम्बिनीले तीन र सुदूरपश्चिमले दुई खेलमा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्