प्रधानमन्त्री शाहद्वारा एनपिएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई



काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको उपाधि जित्न सफल सुदूरपश्चिम रोयल्सलाई बधाई दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा आज सम्पन्न फाइनल खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले पहिलो पटक एनपिएलको उपाधि जितेको हो ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सुदूरपश्चिम रोयल्सका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बधाई दिँदै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्