पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरियो



कतार,मंसिर ९ । कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएको छ।

मङ्गलबार भएको खेलमा १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ७२ रनमै समेटियो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ले ४२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो। तर सामान्य लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गरेपछि फराकिलो हार बेहोर्नुपर्‍यो।

यस हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिक्रिया दिनुहोस्