परराष्ट्रमन्त्री खनाल र युनिसेफका क्षेत्रीय निर्देशकबीच शिष्टाचार भेट
काठमाडौँ,मंसिर ९ । परराष्ट्रमन्त्री शिशिर खनाल र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटका क्रममा विशेषगरी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो । साथै नेपालमा युनिसेफसँगको सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।

