कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?



काठमाडौँ, मंसिर १० । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ७० रुपैयाँ रहेको छ। गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, टनेल र तराईको ६० रुपैयाँ कायम गरिएको छ। आलु रातो (लाम्चो र गोलो) प्रतिकिलो ५५ रुपैयाँ तथा सेतो र भारतीय रातो आलु ४० रुपैयाँ रहेको छ।

त्यस्तै, सुकेको भारतीय प्याज प्रतिकिलो ९० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, तराईको गाजर ६० रुपैयाँ, बन्दा ३० रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ र तराईको काउली ४० रुपैयाँ तोकिएको छ। मूला प्रतिकिलो ३० रुपैयाँ, भन्टा ४० देखि ५० रुपैयाँ, तने बोडी १०० रुपैयाँ र मकै बोडी ७० रुपैयाँ रहेको छ।

हरियो तरकारीतर्फ मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी १३० रुपैयाँ, टाटे सिमी १०० रुपैयाँ, तितो करेला १०० रुपैयाँ, लौका १०० रुपैयाँ, परबर १०० देखि १३० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौँला १०० रुपैयाँ र भिण्डी १२० रुपैयाँ कायम गरिएको छ।

सागसब्जीतर्फ रायो र तोरीको साग प्रतिकिलो १०० रुपैयाँ, पालुङ्गो, चम्सुर र मेथीको साग १५० रुपैयाँ तथा हरियो प्याज २०० रुपैयाँ तोकिएको छ। कन्य च्याउ प्रतिकिलो ३५० रुपैयाँ, डल्ले च्याउ ५५० रुपैयाँ, राजा च्याउ ३२० रुपैयाँ र सिताके च्याउ एक हजार रुपैयाँ रहेको छ।

फलफूलतर्फ फुजी र जुम्लाको स्याउ प्रतिकिलो ३५० रुपैयाँ, मुस्ताङको स्याउ २५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १५० रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ४०० रुपैयाँ र नेपाली सुन्तला १२० रुपैयाँ कायम गरिएको छ। मौसम र जुनार प्रतिकिलो २०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा २०० रुपैयाँ, नेपाली मेवा ६० रुपैयाँ, स्ट्रबेरी ५०० रुपैयाँ र किबी ३५० रुपैयाँ रहेको छ।

मसला तथा अन्य उपजतर्फ अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी ५५० रुपैयाँ, हरियो खुर्सानी ८० देखि ३०० रुपैयाँ, हरियो धनियाँ १५० रुपैयाँ र सुकेको लसुन २६० रुपैयाँ तोकिएको छ।

समितिका अनुसार ताजा रहु माछा प्रतिकिलो ३७० रुपैयाँ, बचुवा ३०० रुपैयाँ, छडी माछा ३३० रुपैयाँ र सुकेको माछा एक हजार रुपैयाँ कायम गरिएको छ।

समितिले सार्वजनिक गरेको उक्त मूल्य थोक बजारको मूल्य हो। खुद्रा बजारमा भने मूल्य फरक हुन सक्नेछ।

प्रतिक्रिया दिनुहोस्