विशेष समाचार

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौँ,भदौ १२ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सुर्खेत भेरीगङ्गा नगरपालिका–२ सप्तरी समाझिङ्घाका कृष्ण सुनारलाई कुवेतमा पक्राउ गरेर स्वदेश ल्याइएको छ । कुवेतको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,भदौ १२ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ

बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढ्यो, अधिकांश स्थानमा वर्षा

काठमाडौँ,भदौ १२। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको बताएको छ । आज दिउँसो वाग्मती,

वर्षा पछि बिपी राजमार्ग अवरुद्ध

काभ्रे,भदौ १२ । लगातारको वर्षापछि बिपी राजमार्ग अन्तरगत काभ्रेको रोशी गाउँपालिका–मंगलटार क्षेत्रका विभिन्न खण्डमा पहिरो खस्दा राजमार्ग दुवैतर्फ सवारी आवागमन अवरुद्ध भएको छ। जिल्ला ट्राफिक कार्यालय काभ्रेले दिएको जानकारी अनुसार

टाेखा–१ मा तीज विशेष दोहोरी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ,भदौ १२। टाेखा नगरपालिका वडा नं. १ को आयोजनामा तीज विशेष दोहोरी गीत तथा विविध सांस्कृतिक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा र टाेखा

लुम्बिनी संरक्षणका लागि सर्वोच्चको परमादेश, प्रदूषण गर्ने उद्योग स्थानान्तरण गर्न आदेश

काठमाडौँ, भदौ १२ । सर्वोच्च अदालतले भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दीर्घकालीन संरक्षणका लागि निश्चित क्षेत्रभित्र रहेका उद्योगहरू स्थानान्तरण गर्न सरकारलाई परमादेश जारी गरेको छ। आदेश पालना नभई दुई वर्षभित्र

विधान महाधिवेशनको तयारी तिव्र पार्न महासचिव पोखरेलको निर्देशन

काठमाडौं,भदौ १२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न सबै उपसमितिलाई सक्रियतापूर्वक तयारी गर्न निर्देशन दिएका छन् ।  ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय

गाउँपालिकाका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी,भदौ १२ । सप्तरीको महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार दिपककुमार यादव (टुटु बाबु) को   निधन  भएको छ ।  सप्तरीको महादेवा गाउँपालिका ३, बथनाहा निवासी

वीरगञ्जमा हैजा सङ्क्रमितको संख्या १३२ पुग्यो

वीरगन्ज,भदौ १२ । वीरगञ्जमा गएको शुक्रबार तीन जनामा संक्रमण पुष्टि भएको हैजा बुधबार साँझ ६ बजेसम्ममा १३२ जनामा फैलिएको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार बुधबार