पर्यटन मन्त्री भट्टराईद्वारा विमानस्थल अनुगमन



काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । हिजो शुक्रबार साँझ आकस्मिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर अनुगमन गरेका हुन् ।

पछिल्लो समयमा विमानस्थलमा आउने कमी कमजोरी विषयमा छलफलका साथै नेपाल भ्रमण वर्ष–२०२० नजिकिरहेको बेला विमानस्थलको अवस्था, तयारी र भइरहेको कामको अनुगमनका लागि विमानस्थल मन्त्री भट्टराईले विमानस्थल पुगेका हुन् ।

विमानस्थलमा अध्यागमनले के कस्ता परिवर्तन गरेको लगायतका संरचनाको समेत मन्त्री भट्टराईले अवलोकन गरेका थिए । अध्यागमनको परिवर्तित संरचनाको बारेमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्