नेपाल गोजु-काई कराते-डो संघद्वारा नुवाकोटकी अनुरती सम्मानित

काठमाडौ ,नेपाल गोजु-काई कराते-डो संघद्वारा नुवाकोटकी अनुरती कार्की सम्मानित हुनुभएको छ। फिलिपिन्समा सम्पन्न सातौं कराँते डो गोजु–काई एसिफिक च्याम्पियनसीप, २०१९ मा रजत पदक प्राप्त गर्ने खेलाडी अनुरती कार्कीलाई सम्मान गरिएको हो ।
नेपाल गोजु–काई कराते–डो संघद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले खेलाडी कार्कीलाई प्रसंशापत्र सहित सम्मान प्रदान गर्नुभएको थियो । उक्त च्याम्पियनसीपमा कार्कीले १३ वर्ष उमेर समूहको ४२ केजी मुनीको तौलतर्फको प्रतिस्पर्धामा रजत पदक प्राप्त गर्नुभएको थियो ।
त्यस्तै अर्का रजत पदक प्राप्त खेलाडी सन्जय तामाङलाई पनि प्रसंशापत्र सहित सम्मान गरिएको छ।तामाङले २१ वर्ष उमेर समुहमा ८४ केजी मुनिको तौल तर्फको प्रतिस्पर्धामा रजत पदक प्राप्त गर्नुभएको थियो।
सोही कार्यक्रममा १५ जना खेलाडीलाई ब्ल्याक बेल्ट तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि तिमिल्सिनाले आईकेजीएबाट प्राप्त निदान प्रमाणपत्र १ जना र शोदान प्रमाणपत्र १४ जनालाई प्रदान गर्नुभएको थियो।