उपप्रधानमन्त्री उपेन्द्र यादवद्वारा राजीनामा



काठमाडौं, उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजिनामा दिनुभएको छ । उहाँले आजै प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको जानकारी गराउनुभएको हो ।
उहाँले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकोले राजिनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ ।यादव समाजवादी पार्टी नेपालका अध्यक्ष समेत हुनुहुन्छ।

यता यादवले राजीनामा दिएलगत्तै पार्टीका अर्का मन्त्री मोहम्मद इश्तियाक राईले पनि राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्