चिसोबाट बच्न बालेको आगोले राजमतीको ज्यान लियो



सर्लाही । चिसोबाट बच्नका लागि बालिएको आगोले सर्लाहीमा एकजना महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा जिल्लाको बरहथवा नगरपालिका-१७ कि ४० वर्षीया राजमतीदेवी साह रहेकी छिन।

चिसोबाट जोगिन घरकै आगनमा आगो ताप्ने क्रममा बुधबार साझ अचानक आगो लाग्दा साह जलेर गम्भीर घाइते भएकी थिइन।गम्भीर घाइते राजमतीदेवी लाई उपचारार्थ जनकपुर अस्पतालमा पुर्याईएको थियो।उपचारका क्रममा राजमतीको अस्पतालमै मृत्यु भएको उनको श्रीमान रामचन्द्र साहले बताए।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालेको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् ।

गएराति ९ बजेको समयमा आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती पासवान गम्भीर घाइते भएकी हुन् ।

आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्