भोटेकोशी बाढीपछि राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा



रसुवा,कात्तिक १० । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी १८ अर्ब १३ करोड ६१ लाख ८७ हजार ६८६ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ४९ करोड ४६ लाख ८९ हजार ९५७ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा तीन करोड पाँच लाख ३६ हजार १६९ अमेरिकी डलर मौज्दात रहेको छ।

प्रतिक्रिया दिनुहोस्