तीन लाखभन्दा बढी मूल्यका अवैध पटका बरामद गरी नष्ट
झापा,कात्तिक १० । चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाख रुपैयाँभन्दा बढी मूल्यका पटका झापामा बरामद गरी नष्ट गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापा तथा मातहतका कार्यालयले सीमा नाका र चेकपोइन्टमा गस्ती तथा जाँच गर्ने क्रममा तीन लाख १६ हजार ५९० रुपैयाँ मूल्य बराबरका पटका बरामद गरेको हो।
बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्थानीय भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पटका ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। उक्त मोटरसाइकललाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

