तीस फिट गहिरो इनारमा खसेकी महिलाको जीवितै उद्धार



भक्तपुर ।भक्तपुरमा तीस फिट गहिरो इनारमा खसेकी महिलाको जीवितै उद्धार गरिएको छ।

भक्तपुरको भक्तपुर नगरपालिका-९ नवदुर्गास्थान नजिकै रहेको इनारमा खसेकी ५४ बर्षीया रत्नमाया मानन्धरको उद्धार गरिएको हो ।

घटना घट्नु साथ महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टेली घटनास्थल पुगेको थियो।प्रहरी टोलीको झन्डै दुई घण्टाको निरन्तर प्रयासले महिला उद्धारमा सहज भएको बताइएको छ ।

महिलाको अहिले पाटन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्