सरुमारानी गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा



साझापथ,प्युठान। जिल्लाको सरुमारानी गाउँपालिकाले स्थानीय पर्वमा सार्वजनिक बिदा दिएको छ ।
तमु ल्होसारको अवसरमा आउँदो पुस १५ गते (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय भएको गाउपालिकाले बताएको हो। गत बिहिबार बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत अमर घर्तीले बताए। उनले सो दिन सहभागिताका लागि सवैलाइओ सजिलो होस भनेर बिदा दिइएको बताए। गाउँ कार्यपालिका बैठकबाट निर्णय गराइ बिदा दिइएको गाउँपालिकाले जनाएको छ । आइतबार सो गाउँपालिकाको विद्यालय, गाउँपालिका, वडा र सरकारी कार्यालय वन्द रहने गाउपालिकाले जनाएको छ । यहाका गुरुङ समुदायले परम्परादेखि नै विशेष कार्यक्रम गरि पर्व मनाउदै आएका छन । तमु ह्युल छोज धिं गुरुङ रास्ट्रीय परिषद सरुमारानी गाउपालिका कमिटिले हरेक बर्ष पुस १५ का दिन सरुमारानी २ को राप्ती नदि किनार ढाडंमा सांस्कृतीक कार्यक्रम गर्दै आएको छ। यश बर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिईने स्थानिय बेलसिङ गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्