काठमाडौं उपत्यकामा वर्षा र असिना, जनजीवन प्रभावित



काठमाडौं,कात्तिक २५ । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा आज वर्षा भएको छ। काठमाडौंका विभिन्न स्थानमा पानी परिरहेको छ भने भक्तपुरका केही क्षेत्रमा असिनासहित वर्षा भएको छ।

अचानक मौसममा आएको परिवर्तनसँगै भएको वर्षाले उपत्यकाको जनजीवन प्रभावित बनेको छ। भक्तपुरमा असिनासहित वर्षा भएपछि सडक तथा खुला क्षेत्रमा असिना जमेको छ। वर्षाका कारण सडकमा आवतजावत गर्ने सर्वसाधारण तथा सवारीसाधनलाई समेत समस्या भएको छ।

वर्षा र असिनाले धान थन्क्याउने तयारीमा रहेका किसानलाई पनि असर पारेको छ। मौसममा आएको अचानक परिवर्तनले कृषि उपज भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन्।

प्रतिक्रिया दिनुहोस्