जिल्ला प्रशासन कार्यालय गुल्मीमा स्तनपान कक्ष स्थापना



अनिल खत्री, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सहायता कक्ष र फ्रि वाइफाई सेवा सुरु गरे लगत्तै स्तन पान कक्ष सञ्चलनमा ल्याएको छ । जिल्ला प्रशासनमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।
बच्च सहित आउने सेवाग्रहीलाई मध्यनजर राखेर कार्यालय परिसरमै स्तन पान कक्ष राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । प्रशासन कार्यालयमा सहायता कक्ष र महिलाहरुको लागि बालबच्चा खेल्ने स्थान सहितको स्तनपान कक्ष संचालनमा आएको हो ।
सहायता कक्षबाट कार्यालयको सेवा प्रवाह बारेमा जानकारी दिनुका साथै विभिन्न प्रकारका निवेदनहरु निशुल्क उपलब्ध हुँदै आएको छ । स्तनपान कक्षमा महिलाहरुको लागि बिश्राम स्थल¸ स्तनपान कक्ष¸बच्चाहरुलाई खेल्ने स्थान समेतको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले बताए ।
सेवाग्राहीहरुको लागि अत्याधुनिक प्रविधि युक्त फिल्टर गरिएको शुद्ध पिउने पानीको (तातोरचिसो) व्यवस्था गरिएको छ । झण्डै एक वर्ष पहिले नागरिकलाई सेवा प्रवाहमा सहजता ल्याउन भन्दै प्रशासन कार्यालयको प्रवेशद्धारमा नै सेवाग्राहीको लागि सहायकता कक्ष र फ्रि वाइफाई सेवा मार्फत सेवा सुरु गरिएको थियो ।
कार्यालयमा मुस्कान ससिहतको सेवा र सेवामैत्री कार्यालय सुरु गरिएको छ । सेवा लिन आउने सेवाग्रहरीसँग मुस्कान सहित नम्र व्यवहारमा सेवा प्रवाह दिन सुरु गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयबाट सेवा लिने क्रममा कतिपय विचौलियाहरुले बिभिन्न निबेदनहरुसँगै काम गराई दिने वाहनामा ठग्ने गरेको पनि जनगुनासो आएप पछी जिल्ला प्रशासन कार्यालयमा सहायता कक्ष सुरु गरिएको हो । कार्यालयले १८ वटा भन्दा वढी निबेदनका फरमेटहरु तयार गरेको छ ।
जस मध्ये नावालक परिचय पत्र,नामथर, पारिवारिक प्रमाणित,बिभिन्न राहत सम्बन्धी निबेदन,आदिवासी जनजाति निबेदन,नागरिता प्रतिलिपि,पेन्सन लगायत धेरै कामको लागि निबेदन तथा अन्य जानकारीको लागि सहज रुपमा सहायता कक्षबाट सेवा ग्रहरीले सेवा लिन सक्ने व्यवस्था गरिदै आएको छ । कुनै पनि सेवाग्राहीहरु कसैको भनसुनमा नभई स्वयमले छिटो छरिटो र हुन सक्ने काम आफैले गर्न सक्ने बातवरण सहित सेवा प्रवाह प्रशासन कार्यालयबाट प्रदान गर्न सुरु गरिएको भएको छ ।
प्रशासन कार्यालयमा ३ वर्ष अघि तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलले ध्वानी वडापत्र सुरु गरेका थिए । बिचमा केहि समय त्यो सेवा बन्द भएको थियो । तर हालै भने त्यसलाई अझवढी प्रभावकारी बनाउनको लागि डिजिटल नागरि वडापत्र राखिएको छ ।
नागरिक वडापत्र, वेभसाइट र डिजीटल सूचना पाटी अद्यावधिक गरी प्रविधीमैत्री बनाउने, कार्यालयसँग सम्बन्धित कार्यहरुको विवरण सार्वजनिक गरिने कामको थालनी गरिएको प्रमुख जिल्ला निरौलाले बताए । कार्यालयमा विचौलियाको प्रवेश अन्त्य गरी भ्रष्टचारमा शून्य सहनशिलता कायम गर्ने सेवा प्रवाह गरिएको प्रशासकिय अधिकृत पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्