उदयपुर बोलेरो दुर्घटना,मृत्यु हुनेको संख्या चार पुग्यो



काठमाडौ। उदयपुरको उदयपुरगढी गाउँपालिका ३ को गोठडाँडामा आज बिहान भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।दुर्घटनामा तीनजनाको घटनास्थलमै र एकको उपचारका लागि कटारी अस्पतालमा पुर्याउनसाथ मृत्यु भएको हो ।
भारतीय नम्बर प्लेट भएको एसके ०१ पीबी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि उदयपुरगढी गाउँपालिका बस्ने ६१ वर्षीय टिकनारायण श्रेष्ठ, उनकै भाइ ४७ वर्षीय मिननारायण श्रेष्ठ र ४७ वर्षीय ढकबहादुर मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
भारतको सिक्किममा आफन्तहरुलाई भेटघाट गरि फर्कने क्रममा दुर्घटना भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्