प्रधानमन्त्री ओली पुनःअस्पताल भर्ना



काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका छन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओली डायलासिसका लागि अस्पताल पुगेको जानकारी दिएका छन। यसअघि ओलीले मंसिर २४ गते पछिल्लोपटक डायलासिस गराएका थिए भने उनी पुन डायलासिसका लागि अस्पताल पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्