बाढी प्रभावित क्षेत्रमा फोन निःशुल्क, डाटा पनि निःशुल्क गर्ने तयारी
काठमाडौँ,भदौ १० । सूचना तथा सञ्चारमन्त्री डा. बिक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा छिटोभन्दा छिटो सुचारु गर्न प्रयास भइरहेको बताएका छन्।
बाढीका कारण सञ्चार सेवा अवरुद्ध भएका स्थानमा आवश्यक प्राविधिक टोली परिचालन गरी फोन तथा सञ्चार सेवा सञ्चालनमा ल्याउन पहल भइरहेको उनले जानकारी दिए।
मन्त्री तिमिल्सिनाका अनुसार प्रभावित जिल्लामा फोन सेवा निःशुल्क उपलब्ध गराउने व्यवस्था भइसकेको छ भने डाटा सेवा पनि छिट्टै निःशुल्क उपलब्ध गराउने तयारी भइरहेको छ।
बाढी प्रभावित नागरिकलाई परिवारजन तथा उद्धार निकायसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गर्न निर्देशन दिइएको जनाइएको छ।

