वर्षाले होइन, हिमताल फुट्दा भोटेकोशीमा बाढी आएको आशङ्का



काठमाडौँ, भदौ १०— जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाका कारण भोटेकोशीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ।

उहाँका अनुसार बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा मात्र भएको छ। ती क्षेत्रमा सात मिलिमिटरभन्दा बढी वर्षा नभएको उहाँले राससलाई जानकारी दिनुभयो।

भोटेकोशीमा आएको भीषण बाढी वर्षाका कारण नभएको देखिएकाले हिमताल फुटेको हुनसक्ने आशङ्का गरिएको वरिष्ठ मौसमविद् अर्यालले बताउनुभयो।

बाढीको वास्तविक कारण पत्ता लगाउन हिमताल फुटेको सम्भावनाबारे अनुसन्धान गरिने उहाँले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्