दाेलखाकाे शैलुङ्गमा हाेमस्टे तालिम सुरु



शैलुङ्ग, दाेलखा जिल्लाकाे प्रमुख पर्यटकीय गन्तव्य शैलुङ्गमा नेपाल भ्रमण वर्षकाे सुरुवातसँगै हाेम स्टे तालिम सुरु भएकाे छ । शाैलुङ्ग गाउँपालिका दाेलखाकाे अायाेजनामा सात दिन सम्म संचालन हुने तालिममा हाेम स्टे संचालनकाे प्रक्रिया, अतिथि सत्कार, स्थानिय परिकारहरुकाे निर्माण, स्थानिय पर्यटकीय स्थलहरुकाे प्रवद्वन तथा सांस्कृतिक गतिविधिकाे बारेमा तालिम दिने प्रशिक्षक भुमराज तिवारीले बताउनु भयाे ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै शैलुङ्ग गाँउपालिकाकाे प्रमुख भरत दुलालले शैलुङ्गकाे पर्यटन विकासमा हाेम स्टेकाे संचालनपछि धेरै सम्भावनाकाे उजागर हुनुकाे साथै यसलाई अर्गानिक गन्तव्यकाे रुपमा प्रचारप्रसार गर्नुपर्ने बताउनु भयाे । स्थानीय उत्पादनकाे बजारीकरणसँगसँगै स्थानिय स्तरमै राेजगारी सृजना गर्न तालिमले सघाउ पुग्ने बताउँदै हाेमस्टेकाे प्रचारप्रसारमा गाउँपालिकाले साझेदारीमा काम गर्न चाहेकाे बताउनु भयाे । गाँउपालिकाकी उपप्रमुख लालमाया याेञ्जनले शैलुङगलाई राष्टिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन हाेम स्टे राम्रो माध्यम हुने भएकाेले हाेम स्टे संचालनमा अनुदान दिन समेत तयार रहेकाे बताउनु भयाे । तालिम कार्यक्रममा मन्तव्य राख्दै पर्यटन व्यवसायी फणीन्द्र पनेरुले नमुना पर्यटकीय हाेम स्टेकाे रुपमा विकासको लागि पहल गर्नुपर्ने बताउनु भयाे । तालिम कार्यक्रममा शैलुङ्ग गाउँपालिकाका वडा अध्यक्षहरु क्रमश ३,५ र ६ का ध्रुबकुमार श्रेष्ठ, किरण बस्नेत, राजु खड्काले हाेम स्टे संचालनमा अाफुहरुले सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे । तालिम कार्यक्रममा ४० जनाकाे सहभागिता रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्