नुवाकोटमा अज्ञात ब्यक्तिद्वारा डोजर तोडफोड



लिखु,नुवाकोट।नुवाकोटमा अज्ञात ब्यक्तिद्वारा डोजर तोडफोड गरिएको छ।नुवाकोटको लिखु गाउँ पालिका वडा नम्बर -६ स्थित कुमाल ठाटी-स्वास्थ्य चौकी-नाके डाडो सडकखण्ड खन्ने क्रममा प्रयोग भैरहेको डोजर तोडफोड भएको स्थानीय प्रहरी छहरे चौकीले जनाएको छ।लिखु गाउँ पालिकाद्वारा विनियोजित ३० लाख रकमको सहायताले बाटो खन्ने क्रम अन्तिम चरणमा पुग्नै लाग्दा आज दिउँसो ३ बजे अज्ञात ब्यक्तिले डोजर तोडफोड गरेको बताइएको छ।सडक निर्माण समितिका अध्यक्ष सुरेन्द्र पाण्डेले यस्ता अनैतिक काम बिकास निर्माण बिरोधिको मात्रै हुने बताए।सडकको ट्र्याक खन्ने,सम्याउने र हिम पाईप बिछ्याउने काम अगाडि बढिरहेको बेला स्थानीय जोगी खोला स्थित खोले भन्ने ठाउँमा कामदार खाजा खान गएको बेला अज्ञात ब्यक्तिले डोजर तोडफोड गरेको सडक निर्माण समितिका सचीव अच्युत पाठक बताउँछन्।यता स्थानीय प्रहरी पोस्टले ती अज्ञात ब्यक्तिको खोजी तथा घटनाको अनुसन्धान भैरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्