मर्निङ वाकमा निस्किएका दिलिपको टिपरले किचेर ज्यान गयो



जनकपुरधाम ।मर्निङवाकमा निस्किएका दिलिपकुमार महतोको टिपरले किचेर मृत्यु भएको छ। धनुषा जिल्लाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतो बिहानै साथीसग मर्निङ वाकमा निस्किएका थिए।

दिलिप शुक्रबार अर्थात आज बिहान घर नजिकैको साथी रोशन यादवसँग मर्निङवाक गएका थिए।सोहि समय घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरको ठक्करबाट उनको मृत्यु भएको हो।

यता प्रहरी तथा उनका आफन्तजनले भने अवैध ढंगले खोलामा ढुङ्गा बालुवा उत्खनननको विरोध गर्दै आएका दिलिपकुमारको नियोजित रुपमा टिपरले किचेर उनको हत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

घटनाको प्रकृति हेर्दा नियोजित रुपमा टिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए ।

प्रहरीका अनुसार, टिपर चालक फरार छन्। उनको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्