तनहुँमा बस दुर्घटना,२ को मृत्यु १८ घाइते



तनहुँ । तनहुँ जिल्लाको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्गमा आज अर्थात शुक्रबार विहान भएको बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन।
पाल्पाबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नम्बरको बस घिरिङ गाउँपालिका–३ थानीमाइमा अनियन्त्रित भई सडकबाट खसेको हो।दुर्घटनामा बसमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङकै वडा नं ३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार थापाको घटनास्थलमै र गुरुङको पोखरामा उपचारका गर्ने क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १८ लाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्