नुवाकोटमा दुई ब्यक्तिले गरे झुन्डिएर आत्महत्या



नुवाकोट।नुवाकोटमा झुन्डिएर हिजो अर्थात शनिबार दुई ब्यक्तिले आत्महत्या गरेका छन्।पन्चकन्या गाउँ पालिका वडा नम्बर–५ का ४५ वर्षीय जनार्दन पौडेलले झुन्डिएर आत्महत्या गरेका छन्।वडा नम्बर-५ भद्रुटारका वडा सदस्य समेत रहेका पौडेल हिजो शनिबार मध्याह्न बादर हेर्न भनी घरबाट निस्किएको र अबेरसम्म घर नफर्केपछी परिवारजनले खोजी गर्ने क्रममा जैसीगाउ स्थित खरपाखोमा झुन्डिएको अवस्थामा फेला परेको पन्चकन्या प्रहरी पोस्टका असई बालकृष्ण फुयालले बताउनुभयो।
त्यस्तै लिखु गाउँ पालिका वडा नम्बर-६ का अन्दाजी ४५ वर्षकी बिन्दा लामिछाने पनि घरदेखि सय मिटर नजिकैको आपको रुखमा नाम्लोको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ।लामिछाने घरघास गर्न भनी गाउँको घर गएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्